एमाले गण्डकी प्रदेश अधिवेशन: खुल्ला युवा सदस्यमा बागलुङका कृष्णराज पौडेलकाे उम्मेदवारी
नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट खुल्ला युवा सदस्यमा बागलुङका कृष्णराज पौडेल (संजाल शर्मा ) ले उमेदवारी दिनुभएको छ ।
जैमिनीबाट एक नम्बरमा सर्वसम्मत प्रतिनिधि चयन भएका पाैडेल हाल खुल्ला युवा तर्फ उम्मेदवार हुनुहुन्छ ।
कुनै वेला बाग्लुङमा शर्माले राजनीति प्रशिक्षण र साङ्गठनिक योजना बनाएर जिल्ला गाउँ गाउँ पुग्दा प्रतिक्रियावादी विचलित हुन्थे । उहाँलाई प्रतिक्रियावादीहरुले दोस्राे संविधान सभाको चुनामा आक्रमण, पछि उल्टै १३ बर्ष जेल हाल्ने योजना अनुरुप झुटो मुद्दा लगाइयाे । तर कृष्णराज पौडेल (संजाल) ३५ दिन हिरासत संगै लामो समय भुमिगत भएर बस्नुभयाे । त्याे समय उहाँले देश भर संठनिक वैचारिक प्रशिक्षण दिने कार्यलाई जाेड दिनुभयाे र आफ्नाे पहिचान स्थापित बनाउन सफल हुनुभयाे ।
पार्टी प्रदेश कमिटीमा रहेर संघ र प्रदेश चुनावको कमाण्ड सम्हालेका शर्माकाे सक्रियतामा जिल्लामा एमालेलाई सुदृढ बनाउन प्रमुख भूमिका रहेकाे छ ।