११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंले तीन अर्ब रुपैयाँ दान दिने

प्रकाशित मिति :  ४ मंसिर २०८०, सोमबार ०८:१२


काठमाडौं । चर्चित व्यक्ति दुर्गा प्रसाईंले नेपालको अहिलेसम्मकै ठूलो दान दिने हुनुभएको छ । प्रसाईंले आफ्नो निजी सम्पत्तिबाट तीन अर्ब रुपैयाँ दान दिन लाग्नुभएको हो ।

जाजरकोट भूकम्पका पीडितहरुलाई प्रसाईंले तीन अर्ब रुपैयाँ सहयोग दिन लाग्नुभएको हो । मंसीर सात गते काठमाडौंमा हुने आन्दोलनको कार्यक्रमको बेला सो सहयोगको घोषणा गरिने भएको हो ।

जाजरकोट भूकम्पपछि पीडितहरुलाई सम्झिएर आफू तीन दिन रोएको र निदाउन नसकेको प्रसाईंको भनाई छ । पीडितहरुलाई सहयोग दिन आफैं जाने विचार गरेको तर आफू गएर केही हुँदैन, उनीहरुलाई रकमको खाँचो छ भनेर तीन अर्ब दान दिन लागेको दुर्गा प्रसाईंको भनाई छ ।

प्रसाईंले घर पुननिर्माणको कामका लागि तीन अर्ब रुपैयाँ दिन लाग्नुभएको बताइएको छ । घाइतेहरुको उपचारका लागि प्रसाईंले जाजरकोटमा बी एण्ड सीको घुम्ती अस्पताल पनि लैजाने हुनुभएको छ । भूकम्प पीडित क्षेत्रमा १० जना डाक्टर सहितको घुम्ती अस्पताल एक वर्षसम्म राख्ने, सम्पूर्ण उपचार निशुल्क गर्ने पनि सात गते नै घोषणा गरिने भएको छ ।

आफूले अहिले दिन लागेको सहयोग रकमले नपुग्ने भएमा प्रसाईंले आफ्नो करोडौं पर्ने निजी गाडीहरु पनि बेच्ने हुनुभएको छ । जनता खाली खुट्टा हिँड्छन्, मैले करोडौं पर्ने गाडी चढ्न हुँदैन भन्ने प्रसाईंको धारणा छ । गाडी बेचेको रकम पनि भूकम्प पीडितहरुलाई नै दिने घोषणा ७ गते काठमाडौंमा हुने कार्यक्रममा गरिने भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !