६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रदीप ज्ञवाली लगायतकाे टाेली चीन जाँदै

प्रकाशित मिति :  १० मंसिर २०८०, आईतवार १०:३७


काठमाडाैं । चीनमा हुने एक कार्यशालामा भाग लिन नेपाली टाेली चीन जाने भएकाे छ ।

चीनकाे छेन्दुस्थित सिचुवान विश्वविद्यालयले आयाेजना गर्न लागेकाे चीन र दक्षिण एसिया सम्बन्ध सम्बन्धी कार्यशालामा भाग लिन ३ सदस्यीय नेपाली टाेली मंगलबार चीन जान लागेकाे हाे ।

टाेलीमा पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य युवराज चाैलागाईं र त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्राध्यापक डा. खड्क केसी हुनुहुन्छ ।

३ दिनसम्म चल्ने कार्यशालामा चीन र दक्षिण एसिया सम्बन्धभित्र अनेक विषयमा छलफल हुने माओवादी नेता चाैलागाईंले जानकारी दिनुभयाे । कार्यशाला विभिन्न देशका सहभागीले कार्यपत्र पनि प्रस्तुत गर्ने कार्यक्रम रहेकाे उहाँले बताउनुभयाे ।

कार्यशालामा चीन र नेपालसहित भारत, श्रीलंका, रुस, अमेरिका, भुटान, बंगलादेश, नेदरल्याण्ड्स, पाकिस्तान, भाल्दिभ्स लगायत देशका विश्वविद्यालयका प्राेफेसर तथा उच्च अधिकारी सहभागी हुनेछन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !