६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

समृद्धिका लागि संकल्प यात्रा आज धनकुटा हुँदै तेह्रथुम पुग्ने

प्रकाशित मिति :  २८ मंसिर २०८०, बिहीबार ०६:०६


काठमाडाैं । एमालेकाे समृद्धिका लागि संकल्प यात्राले आज धनकुटा हुँदै तेह्रथुम पुग्ने र  बसन्तपुरमा सभा गर्ने भएकाे छ ।

उक्त यात्राले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत बिहीबार १५औं दिनकाे यात्रा गर्दैछ ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १५औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली भाेजपुर बजारबाट धनकुटा हुँदै तेह्रथुम पुग्नेछ ।

संकल्प यात्राको टोलीलाई लेगुवामा फूलमालासहित भव्य स्वागत गर्ने तयारी भइरहेकाे एमाले धनकुटाले जनाएकाे छ । अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट गर्नेछ । अध्यक्ष ओलीसहितकाे टाेली पाख्रिबास नगरपालिकामा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषययक अन्तरक्रियामा सहभागी हुनेछ ।

छथर जोरपाटी गाउँपालिकामा पनि संकल्प यात्राको टोलीलाई स्वागत गर्ने भव्य तयारी छ । टाेली धनकुटाकै सिधुवा बजारमा हुने कार्यक्रममा पनि सहभागी हुनेछ ।

त्यसपछि टाेली तेह्रथुमतर्फ लाग्नेछ । तेह्रथुमकाे लालिगुराँस नगरपालिकास्थित बसन्तपुरमा एमाले धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा जनसभा आयाेजना गरिएकाे छ । साे क्षेत्र संखुवासभा र धनकुटाको संगम स्थल पनि हाे । जनसभालाई अध्यक्ष ओली लगायत नेताले सम्बाेधन गर्नुहुनेछ ।

टाेली आजका सबै कार्यक्रम सकेर पाख्रिबासमा बास बस्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !