धनकुटा पुग्यो एमालेको संकल्प यात्रा
प्रकाशित मिति : 14 December, 2023 6:23 am
काठमाडाैं । एमालेको संकल्प यात्रा अरुण तरेर धनकुटा पुगेको छ ।
नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत १५औं दिनको संकल्प यात्रा अहिले धनकुटा पुगेको हो ।
अरुण नदी किनारमा रहेको धनकुटाको लेगुवाघाटमा संकल्प यात्रालाई स्थानीयले धुमधामका साथ स्वागत गरेका छन् ।
संकल्प यात्राले आज धनकुटा हुँदै तेह्रथुम पुग्ने छ र बसन्तपुरमा सभा गर्ने छ ।
0
Shares












