६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

विकास गरेकै कारण एमालेलाई सरकारबाट हटाइयो– केपी ओली

प्रकाशित मिति :  २८ मंसिर २०८०, बिहीबार ११:२१


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास गरेकै कारण एमाललेलाई सरकाराबट हटाएको बताउनुभएको छ ।

संकल्प यात्रा अन्तर्गत बिहीबार तेह्रथुमको बसन्तपुरमा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सो बताउनुभएको हो ।
त्यस्तै ओलीले एमालेलाई सरकारबाट हटाइएपछि देशमा अस्थिरता र अराजकता बढेको पनि बताउनुभएको छ ।
एमालेको सरकारमा छँदा असाधारण ढंगले देशको विकास गरेको स्मरण गराउँदै उहाँले विकास गरेकै कारण एमालेलाई सरकारबाट हटाइएको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो – ’अढाइ वर्षअघि एमालेलाई देशी–विदेशी शक्ति अनेक तत्वहरु मिलेर षड्यन्त्रमूलक ढंगले हटाए, एमालेलाई सरकारबाट हटाएपछि देश राजनीतिक रुपले राजनीतिक अस्थिरतातरर्फ, अराजकतातर्फ, अस्थिरतातर्फ, अन्यौलतर्फ यस अवस्थाबाट गुज्रिरहेको छ ।’

देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्ति देखिएका भन्दै उहाँले ती राजनीतिक नभएर अराजनीतिक प्रवृत्ति भएका समेत बताउनुभयो ।

गठबन्धन सरकार बनेपछि विकासको गति रोकिएको भन्दै अध्यक्ष ओलीले यो सरकार देश र जनताका हितमा नरहेकाले ढल्नैपर्ने समेत बताउनुभयो । सरकार जतिबेला पनि ढल्न सक्ने भन्दै उहाँले यो सरकार आफ्नै बोझले ढल्ने समेत बताउनुभयो ।

देशलाई सही बाटोमा लैजान आगामी चुनावामा एमालेको एकल बहुमत आउनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । एमालेको एकल बहुमतसहितको सरकारले मात्र राष्ट्रियता जोगाउन र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउन सक्ने उहाँले प्रष्ट पार्नुभयो ।

मिसन ८४ को अंगको रुपमा आफूहरुले संकल्प यात्रा अगाडि बढाइरहेको अध्यक्ष ओलीले बताउनुभयो । उर्बरमय देश नेपाल सधैं पछाडि पर्न र गरिब रहिरहन नसक्ने भन्दै उहाँले देशलाई एमालेले समृद्ध बनाउने बताउनुभयो । बिनाआग्रह राष्ट्रिय शक्तिलाई सबल बनाउन समेत अध्यक्ष ओलीले सबैमा आग्रह गर्नुभयो ।

पार्टीले गरिरहेको संकल्प यात्राले जनतामा उत्साह देखिएको समेत अध्यक्ष ओलीले बताउनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !