२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले सरकार छाेडेपछि देशमा राजनीतिक अस्थिरता र अराजकता माैलाएकाे छ – केपी शर्मा ओली

प्रकाशित मिति :  २८ मंसिर २०८०, बिहीबार ११:२७


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकार देश र जनताकाे हितमा नरहेकाे बताउनुभएकाे छ ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत बिहीबार तेह्रथुमको बसन्तपुरमा आयाेजित विशाल जनसभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले अहिलेकाे गठबन्धन सरकार ढल्नैपर्ने बताउनुभयाे ।

एमालेले सरकार छाेडेपछि देशमा राजनीतिक अस्थिरता र अराजकता माैलाएकाे भन्दै उहाँले अस्थिरताका कारण कतिबेला के हुन्छ भन्ने अवस्था नै नरहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘देशमा यति धेरै अस्थिरता छ, कतिबेला सरकार ढल्छ टुंगाे छैन, ढल्न त यस्ताे याे सरकार ढल्नैपर्छ, अब याे आफ्नै बाेझले, आफ्नै भारले आफ्नै निकम्मापनले याे सरकार ढल्छ । ‘


0
Shares

प्रतिक्रिया दिनुहोस !