२९ श्रावण २०८३, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धरहरासँगै निर्माण गरिएको पार्किङ भवनमा आजदेखि निःशुल्क पार्किङ

प्रकाशित मिति :  28 January, 2024 4:21 am


काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुन्धारामा धरहरासँगै निर्माण गरिएको पार्किङ भवनमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था गरेकाे छ ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराइने काठमाडाैं महानगरले जनाएकाे छ । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि छुट्याइएकाे छ ।

न्युरोड क्षेत्रका सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरले यसअघि काठमाडाैं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था गरेकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !