५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली सबैका लागि प्रेरणा र ज्ञानकाे स्राेत : विद्या भण्डारी

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ११:३४


काठमाडाैं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समकालीन राजनीतिक नेताहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुशल पहिचान बनाउनुभएका नेता भएकाे बताउनुभएकाे छ ।

केपी ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसद्‍मा केपी शर्मा ओली’ पुस्तकको मंगलबार काठमाडाैंमा विमोचन गर्दै पूर्व राष्ट्रपति भण्डारीले केपी ओली समकालीन नेतामा सर्वाधिक प्रतिभाशाली भएकाे बताउनुभयाे । ‘यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरुमा कुशल पहिचान बनाउनुभएकाे नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताका रुपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएका व्यक्तित्व हुनुहुन्छ’‍- उहाँले भन्नुभयाे ।

राजनीतिका साथै कला, साहित्य, संस्कृति एवं धर्म, दर्शन र विज्ञान लगायतका विषयमा समेत गहन ज्ञान भएका नेता भएकाे पूर्व राष्ट्रपति भण्डारीले बतउानुभयाे । सघन अध्ययन र लामाे अनुभवले खारिनुभएका नेता ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानकाे स्रोत भएको समेत उहाँले बताउनुभयाे ।

संसद्‍मा ओलीले गर्नुभएका भाषण राजनीतिक हिसाबले मात्र नभएर बहुविधागत ज्ञानका द‍ृष्टिकाेणले पनि महत्वपूर्ण रहेका भन्दै उहाँले त्यसकारण पनि यस पुस्तककाे महत्व रहेकाे बताउनुभयाे ।

यी अभिलेखहरु इतिहास अध्ययन र भावि पुस्ताका लागि महत्वपूर्ण हुने समेत पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयाे । पुस्तकले देशकाे परिवर्तनमा नेकपा एमालेले खेलेकाे भूमिकाकाे समेत उजागर गरेकाे उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !