६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रभु साहकाे पार्टीमा पहिराे, धमाधम नेता-कार्यकर्ताले पार्टी छाड्दै, अब सिनिक्क हुने लक्षण

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ११:३८


काठमाडाैं । प्रभु साह नेतृत्वकाे आम जनता पार्टीका केन्द्रीय सदस्य, उपत्यका इञ्चार्ज, प्रदेश सहइञ्चार्ज लगायतले पार्टी परित्याग गरेका छन् ।

आजपाका केन्द्रीय सदस्य एवं उपत्यका (भक्तपुर, ललितपुर र काठमाडाैं) का इञ्चार्ज तथा आइटी आर्मीका उपाध्यक्ष निरज गाैतम, काेशी प्रदेश सहइञ्चार्ज हरिप्रसाद पाेखरेल, जिल्ला उपाध्यक्ष याेगेन्द्र खड्की, उपाध्यक्ष राेशनी लामा र काेषाध्यक्ष देवरत्न बज्राचार्य लगायतले पार्टी छाेडेका हुन् ।

पार्टी छाेड्नेमा ३० जना नेतासहित, भक्तपुर, ललितपुर र काठमाडाैंका सम्पूर्ण नेता कार्यकर्ता तथा माेरङका केन्द्रीय सदस्य लगायत छन् । तीमध्ये पूर्व मन्त्री बद्रीप्रसाद न्याैपाने निकट धेरै छन् ।

अध्यक्ष साह परिवारवाद, नातावाद र जातिवादमा लागेकाे, राैतहटकाे माैलापुर केन्द्रित स्वार्थपूर्ण राजनीति गरेकाे र अरु जिल्लालाई उपेक्षा गरेकाले साधारण सदस्य समेत नरहनेगरी आफूहरुले पार्टी परित्याग गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष साहकाे गुटगत मानसिकताले देशलाई निकास दिन नसक्ने उनीहरुकाे ठहर छ । नेता न्याैपानेलाई गत मंसिरमा पार्टीका जिम्मेवारीबाट हटाएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !