६ माघ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

डिलासैनी सरकार लाई बधाई भन्दै गाेबिन्द सिङ यसाे भन्नुहुन्छ

प्रकाशित मिति :  १८ माघ २०८०, बिहीबार १०:४०


-गाेबिन्द सिङ माल

बैतडी । प्रदेश लोकसेवा आयोगले डिलासैनी गाउपालिकामा कार्यरत हुनेगरी झण्डै २० जना अहेव र अनमी पठाएको छ ।

प्रदेश लोकसेवा आयोगले स्थानिय तहले माग गरे अनुसार मात्र कर्मचारी सम्बन्धित स्थानिय तहका लागि भनी बिज्ञापन गर्छ र सोही अनुसार सम्बन्धित पालिकामा पठाउने कानुनी ब्यवस्था हो ।

लोकसेवा आयोगले पठाएका स्वास्थ्यका कर्मचारीहरु डिलासैनिमा दरबन्दी भन्दा बढी भएर फेरि अन्तै ब्यवस्थापन गर्नुपर्ने अवस्थाले फेरि एकपटक हाम्रो गाउपालिका गिज्जिएको एवम् लज्जित भएको छ । किनकी स्वास्थ्य अधिकृतको अनुभव सङ्गालेको भासण अध्यक्ष ज्यूको सुनेको थिए चुनावका बेला र अघिपछि पनि, त्यसैगरी करारमा १३० हजार मासिक तलब दिनेगरी सातौ तहको स्वास्थ्यकर्मी पनि राखेकै थियौ, केक काटेर दुई दिन नहुदै कार्यकारी बिदाई गरी स्वास्थ्यकै कर्मचारीहरुमध्ये कार्यकारी हुने होडबाजीमा पक्ष बिपक्ष भएर कार्यपालिकाले कार्यकारीको निर्णय गर्न सकिरहेको छैन । सबै स्वास्थ्य सेक्टरको बिज्ञ रहेको दाबी गर्ने गाउपालिकाको हर्कतले सबैलाई लज्जित एवम् गम्भीर भएर सोच्नुपर्ने बनाएको छ ।

यसपाली स्वास्थ्यकर्मी प्रदेश लोक सेवा द्वारा धेरै भित्रिए खुसी छौ अब डिलासैनी जनताले स्वास्थ्य सेवा राम्ररी पाउने भए अस्ति मात्रै अहेब ८ जना र आज मात्र अनमी १० जना आएछन डिलासैनी सरकार लाई बधाइ त्यति हुदा हुँदै मनमा लागेका केहि प्रश्न चाहिँ यस्ता छन् ।

१) अध्यक्ष ज्यु आफै जनस्वास्थ्य बिज्ञ र स्वास्थ्य सेवा सुधारका लागि ७ औ तह जनस्वास्थ्य अधिकृत करारमा नियुक्त गरेका ब्यक्ति शाखामा राख्दै गर्दा अहिले सम्म यति दरबन्दी रिक्त थियो त ? कि भोलि नै केक काटेर स्वागत गरेका अधिकृत जस्तै फिर्ता पठाउनु त हुन्न??

२) स्वास्थ्यका कर्मचारी अनि स्वयं आफुले सत प्रतिशत प्रतिफल आउँछ भन्नेमा ढुक्क हुनु हुन्छ त अध्यक्ष ज्यु?

३) यदि स्वास्थ्यको दरबन्दी तेरिज अनुसारतपाइका शाखामा काम गर्ने ब्यक्तिहरुले बढी मात्र हैन धेरै बढी माग गर्नु भयो जनताले तपाइको स्वास्थ्य क्षेत्रको ज्ञानलाई कुन लेभलको मान्ने??

४) प्रदेश लोक सेवा कार्यालयले तपाइको गाउपालिकामा रिक्त दरबन्दी अनुसारको माग होकि हैन एकिन गरि पठाउनु भन्ने चिठी आएको कुरा तपाइका कर्मचारीले तपाइलाइ जानकारी गराए कि गराएनन??

५) हरेक बेलाको भाषणमा स्वास्थ्य अनि तपाइले जनस्वास्थ्य अधिकृतको जागिर राजिनामा दिएर केहि गर्छु भनेर आएको हु भन्दै गर्दा यति धेरै माग गरेको देख्दा सरकारलाई अनावश्यक दुख दिए मैले स्वास्थ्य क्षेत्र सुधार गर्न नियमानुसार कर्मचारी ब्यबस्थापन गर्नु पर्दो रहेछ भन्ने लाग्छ कि लाग्दैन ?

आसा छ जति माग गर्नु भयो त्यति लोक सेवाले पठाउछ त्यति नै रिक्त होउन सबैलाइ खादा अनि अबिरले हाजिर गराए अनि केक काट्दै स्वास्थ्यकर्मी लाई दुख हैन सहयात्री भएको फोटो देख्न पाउ शुभकामना ।


113
Shares

प्रतिक्रिया दिनुहोस !