४ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सूर्यज्योति लाइफद्वारा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार ०७:१४


काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सले २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.९३ प्रतिशत बढी हो।

इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ६३.५९ प्रतिशत बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ भने खुद दाबी भुक्तानी ७८.५५ प्रतिशत बढेर ४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा ६७.५८ प्रतिशत बढेको छ भने कुल खर्च ७०.३२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ २ पैसा बढेर १० रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५१.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेको छ।

४ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३३ करोड १३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १८ करोड रुपैयाँ रहेको छ।


0
Shares

प्रतिक्रिया दिनुहोस !