११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

निर्माण व्यवसायीको भुक्तानी सरकारले नगरेकोप्रति अमरेशकुमार सिंहकाे आपत्ति

प्रकाशित मिति :  २४ माघ २०८०, बुधबार ०७:२९


काठमाडौं । स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंहले गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी सरकारले नगरेकोप्रति आपत्ति जनाउनुभएकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठकाे शून्य समयमा बाेल्दै सांसद् सिंहले नुवाकाेट, डढेल्धुरा र चितवन तथा गाेरखाबाहेक अन्यत्र काम नभएकाे बताउनुभयाे ।

याे ३ जिल्लाकाे मात्र देश हाे भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे – ‘याे सरकारले विकास निर्माण अवरुद्ध गर्न खाेजेकाे हाे, गत आर्थिक वर्षमा निर्माण व्यवसायीकाे भुक्तानी गरेकाे छैन, नयाँ काम सुरु भएकाे छैन, भएकाे छ त अर्थमन्त्रीकाे जिल्ला नुवाकाेट सत्ता गठबन्धनकाे जिल्ला डढेल्धुरा, र अर्काे चितवन, बाँकी ७४ जिल्लामा काम भएकाे छैन, बहुवर्षीय ठेक्कामा काम बन्द गरिएकाे छ, के ३ जिल्लाकाे मात्र याे देश हाे, या ३ नेताकाे मात्र हाे याे देश ?’

अहिले नुवाकोटमा दुई खर्ब बढीको आयोजना स्वीकृत भएकाे भन्दै सांसद् सिंहले गोरखामा अर्बाैंकाे आयाेजना स्वीकृत भएको बताउनुभयाे । दुई खर्ब बढी चितवन र डडेल्धुरामा स्वीकृत भएको पनि उहाँले बताउनुभयाे ।

कार्यान्वयन नगर्ने भए बजेट किन प्रस्तुत गर्ने भन्दै सांसद् सिंहले प्रश्न पनि गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !