सर्वोत्तम सिमेन्टकाे उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार ०९:२५
काठमाडाैं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन रहेका छ।
कम्पनीले प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको हो।
0
Shares