१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको निधन, ५ जना घाइते

प्रकाशित मिति :  १ फाल्गुन २०८०, मंगलवार ०७:४०


न्युयोर्क । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको निधन भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४:३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
घटना बारे अनुसन्धान जारी छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !