११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंले भने जस्तो होइन एन आईसी एसिया बैंक, तर शेयर धनी भने डुब्न सक्ने

प्रकाशित मिति :  ४ फाल्गुन २०८०, शुक्रबार ०९:११


काठमाडौं । धेरैलाईं थाहाँ छ दुर्गा प्रसाईं जे मुखमा आयो त्यही वोल्छन् , जे मन लाग्याे त्यही लेख्छन् भनेर ।

मुखमा आएकाे कुरा र लेख्न मन लागेकाे कुरालाई अलिकत पनि जाँच बुझ नगरी भकाभक बोल्ने, भटाभट लेख्ने र पीडित माथि मस्त राजनिति गर्न माहिर दुर्गा प्रसाईले आज फेसवुकमा लेखेको स्टाटसले धरै मानिसको मनमा तरंग उत्पन्न भएको छ ।

उहाँले फेसवुकमा लेख्नुभएको छ-‘ एन आई सी एसीयाँ बैंक डुब्दै बचत कर्ताले आफ्नो रकम तुरुन्त निकाल्नुहोला । संचालक भागे भने सहकारीका बचत कर्ताको जस्तो हालत होला । बेलैमा होस पुराउनु होला । ’

उहाँले लेखेको स्टाटसमा के कति सत्य तथ्य छ भनि बुझ्दै नबुझि सही हो भन्ने जमात पनि नेपालमा धेरै छ ।

नेपालमा भएको बाणिज्य बैंक मध्य धेरै नै विवादमा पर्दै आएको भनेर हल्ला भएको एन आईसी एसिया बैंक प्रति रिस उठ्ने मानिसको पनि कमी छैन ।
कर्मचारीलाई गर्ने व्यवहार होस् याँ, बैंकले आफ्नो ग्राहकलाई गर्ने व्यवहार होस जुन कुरामा पनि चुकेको एन आईसी एसिया बैंकमाथि झन् दुर्गा प्रसाईको स्टाटसले बैंकको स्थिति नाजुक बन्ने स्थितिमा पुग्न सक्ने आंकलन गर्न सकिन्छ ।

बैकको दरिलो आड भनेकै बचत कर्ता हुन् । प्रसाईले भनेझै सबै बचत कर्ताले धमाधम आफ्नो बचत झिक्न थाले भने बैकको स्थिति खराब हुन्छ नै । त्यसो हो भने बैंकको स्थिति खराब भएर क्रमस थला पर्न सक्छ । त्यस्ताे अबस्थामा राष्ट्र बैंकले पुरै बैंकलाई कन्ट्रोल गरेर बैंकलाई डुब्नबाट बचाउछ ।

तर प्रसाईले भने झै बैंक ठ्याक्कै डुविहाल्दैन । थला भने पर्छ नै । निक्षेप कर्तामा बैंक प्रतिकाे नराम्राे छाप भने पर्छ ।

बै‌क किन डुब्दैन र निक्षेप कर्ता किन डुब्दैनन् भने बै‌ककाे हरेक गतिविधिमा राष्ट बै‌क जिम्मेवार रहन्छ ।

त्यसैले राष्ट बैंकले त्यसाे हुन दिदैन ।

बैंककाे वित्तिय विवरणा हेर्दा बैंकले सन्ताेष जनक नै नाफा कमाएकाे छ ।

सन्ताेष जनक नाफा कमाएको बैंक एकै चोटी प्रसाईले भनेबमोजिम डुब्दैन । बैंकको खराव कर्जा पनि त्यस्तो खराब छैन ।

नेपालमा बैंक तथा वित्तिय सस्थाको नियमकारी निकाय भनेको नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले नै नवोलेको कुरामा दुर्गा प्रसाईं ले जान्ने भएर वोल्दा बैंकलाई भने गम्भीर असर पर्ने देखिएको छ ।

यदी वोल्नु पर्ने अबस्था भए राष्ट्र बैंक अबस्थ वोल्थ्यो ।

शेयर धनी भने डुब्न सक्ने ।

पछिल्लो समय धरै नै आरोप खेपिरहेको र दिनानुदिन खण्डन गर्दै आएको एन आइ सी एसियाँ बैकको शेयर मूल्य पनि दिनानुदिन घटिरहेको छ ।

आफैमा पनि दिनादुदिन घटिरहेको शेयरको मूल्य झन् दुर्गा प्रसाईं जस्ता मानिसको भ्रम फैलाउँदा झ्न घट्ने देखिएको छ ।

दिनानुदिन शेयर मूल्य घट्दा बचत कर्ता भन्दा शेयर धनीनै नराम्रो सँग डुब्ने आंकलन पनि गर्न सकिन्छ ।

डिमाण्ड र सप्लाईको कुरालाई बुझ्दा यस्तो अबस्थामा एन आई सी यसिया बैंको सेयरमा डिमाण्ड नहुने र डिमाण्ड भन्दा सप्लाई धेरै हुने हुँदा शेयरको मूल्यमा भने दुर्गा प्रसाईको हल्लाले भारी गिरावट आउने संभावना रहन्छ ।

बैंक विवादमा तानिएकाले छोटो समयमा धेरै ख्याति कमाएका एन अईसी एसियाँ बैंकका सिइओ राेसन कुमार न्याैपाने को ख्याति धेरै बेर टिक्न भने सकेको छैन ।

उहाँकाे सम्पति पनि छानविन हुनु पर्छ भनेर आवाज उठिरहेकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !