५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालीको प्राण लिपुलेक लिम्पियाधुरामा भारतले रजाई गर्दा प्रधानमन्त्री प्रचण्डको कानमा तेल

प्रकाशित मिति :  ५ फाल्गुन २०८०, शनिबार ०५:१४


काठमाडौं । भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा रजाईं गर्दा हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालले कानमा तेल हालेर बस्नुभएको छ ।

धमाधम आफ्नै मोडलमा लिपुलेक, लिपियाँधुरा, कालापानिमा मनलाग्दी गर्दा हाम्रो प्रधानमन्त्री प्रचण्ड निरिह जस्तै भएर बस्नुभएको हो ।

आफ्नो देशको हर कुरामा अडिक भएर, निर्धक्क कुरा राख्नुपर्नेमा सिमा जस्तो कुरामा यत्रो थिचोमिचो हुदाँ समेत सुने नसुनै झैँ गरेर बस्नु त्यती उचित हुदैन ।

प्रधानमन्त्री भनेको देशको अविभावक हो । जसलाई पनि अफ्नो अविभावक निडर, चलाख, स्वभिमानी, आटिलो, हिम्मतिलो, कुटनितिक, अरुको प्रभावमा नपर्ने, कसैको लोभलालसमा नपर्ने जस्तो गुण भएको मन पर्छ ।

तर अहिले हाम्रो देशको प्रधानमन्त्रीले जे जे काम गर्नु भएको छ । त्यसमा कोही पनि सन्तुष्ट हुने ठाँउ भने राख्नु भएको छैन ।

२०७७ सालमा भारतलाई ठाँडो च्यालेन्ज गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको गुमेको भूमी नक्सामा समेटनु भएको थियो ।

तेतीबेला आम नेपाली जनताले सरकार भनेको यस्तो हुनुपर्छ भनेर पनि केपी शर्मा ओलीलाई स्यावास दिएका थिए ।
तर भारतले अनेक गरेर केपी ओलीको सरकारलाई अपध्वस्त पारेको थियो ।

धमाधम नेपालको भुभाग कालापानी लिपुलेक लिप्याधुरामा कैलाश मानसरोवर जाने एकलौटी बाटो बनाएको भारतले केपी शर्मा ओलीले सो भुभाग नक्सामा समेटेको मन परेको थिएन ।

केपी ओलीको हिम्मत देखी डराएको भारतले केपी ओली रहेसम्म नेपालमा आफ्नो रजाई नहुने ठानेर आफू कम्र्फटेवल सरकार बनाएर अहिले पनि राज गर्दैै आएको छ ।

केपी ओलीको सरकार ढलेपछि, भारतले जे भनेपनि मान्ने, जति पटक प्रधानमन्त्री भएपनी कुनै पनि किसिमको सम्झनलाएक काम नगर्ने , भारतको इसारामा चल्ने नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवा भारतको आर्शिवादमा विभिन्न दलको साहारामा प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले पनि कहिले पनि हाम्रो लिपुलेक, लिम्पियाधुरा कालापानीको विषयमा गतिलो सँग केही वोल्नुभएन । किनभने देशको राम्रो कुरामा नवोल्नकै लागि उहाँ प्रधनमन्त्री बन्नुभएको थियो भन्दा फरक नपर्ला ।

उहाँ सरकारमा हुँदैँ निवाचन भएको थियो । अनि अनेक जालझेल गरेर भारतले आफूअनुकल प्रचण्ड नेतृत्वको सरकार बनाएको कुरा सबैलाई थाहाँनै छ ।

त्यही भएर हो कि किन हो । भारतले जतिनै थिचो मिचो गरेपनि हाम्रो देशको प्रधानमन्त्री प्रचण्ड बोल्नुभएको छैन ।

विभिन्न स्थानमा सिमा मिन्दा होस्, या लिपुलेक लिम्पियाधुरामा एकलौटी रजाई गर्दा समेत केही नवोल्ने निरिह प्रधानमन्त्री नेपालले पाएको छ । भने भारतले आफ्नो कम्फरटेवल नेपालको सरकार पएको छ ।

देसको सिमा मिच्दा समेत केही नबोल्ने , अलिकति प्रगति गर्न लागेको व्यापारीलाई अन्याय हुदाँ समेत केही नवोल्ने प्रधानमन्त्रीको कारणले गर्दा अहिले नेपाली जनाताको शिर निउरीरहेको छ ।

अहिले भारतले लगभग पुरै चिल्लो सडक लिपुलेकमा बनाउदाँ हाम्रो सरकार केही बोल्दैन । भारतिय सेना राखेर नेपालीलाई प्रवेशमा रोक लगाएर नेपालको महत्वपूणर् भूमी अहिले भारतले मिचिरहेको छ ।

भारतलको पञ्च बर्षे योजना हो । नेपालको लिपुलेकहुदैँे कैलाश मान सरोवर जाने सडक बनाउने योजना । अब मात्र एक वर्ष हुदाँ समेत नेपालले किन, कसरी भनेर कहिल्यै भारतलाई प्रश्न गरेको छैन ।

प्रश्न गर्नु पर्ने हो तर प्रचण्ड नेतृत्वको सरकारले कहिल्यै प्रश्न गर्ने हिम्मत देखाएन । देशको अविभावकले देशको महत्वपूणर् विषयमा केही नबोल्दा जनतालाई कस्तो असर पर्छ तपाईहरु आफै भन्नुस् ?


0
Shares

प्रतिक्रिया दिनुहोस !