१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

रुस–युक्रेन युद्धको दुई वर्ष पूरा

प्रकाशित मिति :  १३ फाल्गुन २०८०, आईतवार ०४:११


काठमाडौं । रुस–युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ ।

रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपुर्ण र अन्यौलताका स्थितिमा रहेका छन् ।

युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन् । युक्रेनले रुसले ३.९२ लाख सैनिक गुमाएको दाबी गरेको छ । ३० हजारभन्दा बढी युक्रेनी अझै बेपत्ता छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !