वैशाख १५ मा उपनिर्वाचन
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ०९:४०
काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ ।
आइतबार एक विज्ञप्ती जारी गर्दै आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले सरकारसँगको परामर्शमा उपनिर्वाचन मिति घोषणा गरेको जनाएका हुन् ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । गत वर्ष ०७९ को मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए ।
नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ ।
प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सवारी दुर्घटनामा निधन भएको थियो ।
0
Shares