५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

त्रिपालमुनि मिटरब्याजपीडित

प्रकाशित मिति :  १७ फाल्गुन २०८०, बिहीबार ०७:००


काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् ।

कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् ।
आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ ।

दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौँमा कसरी बसिरहेका छन् रु कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू ।

सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !