सर्वोत्तमको आईपीओ आगामी बुधबारसम्ममा बाँडफाँड हुने
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ०५:३५
कठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आगामी बुधबारसम्ममा बाँडफाँड हुने तयारी भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयर बाँडफाडको तयारी गरेको हो ।
सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ ।
0
Shares