५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कर्मकाण्डका लागि संसद् चलाउनुकाे औचित्य छैन-राजेन्द्र लिङ्देन

प्रकाशित मिति :  १८ फाल्गुन २०८०, शुक्रबार ०८:०३


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारका कारण देश गम्भीर अवस्थामा पुगेकाे बताउनुभएकाे छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै अध्यक्ष लिङ्देनले देशमा एकपछि अर्काे समस्या थपिँदै गर्दा पनि सरका देखेर पनि नदेखेझैं गरेर बसेकाे भन्दै आपत्ति जनाउनुभयाे ।

मिटरब्याज पीडितका समस्या सम्बाेधन गर्नुकाे सट्टा सरकारले मुद्दा हाल भन्दै उक्साएकाे उहाँले बताउनुभयाे ‘करिब १ महिनाकाे यात्रा तय गरेर मिटरब्याज पीडितहरु काठमाडाैं आइपुगेका छन्, घाइने अवस्थामा आएका छन्, सरकारले उनीहरुकाे समस्या सम्बाेधन गर्नुकाे सट्टा जाउ तिम्राे लागि ए‍ेन बनाइदिएकाे छ जाउ मुद्दा हाल भनेकाे छ, सहकारी पीडितहरु लामाे समयदेखि आन्दाेलनमा छन्, लघुबित्तकाे समस्या संसद्‍ भवन आइसक्याे, दूग्ध विकास संस्थाहरु सडकमा छन्, समस्या कहाँ छैन ?’- अध्यक्ष लिङ्देनकाे प्रश्न छ ।

बैंक बित्तिय संस्थाहरुका कारण व्यवसायीहरु आत्महत्या गर्ने अवस्था पुगेका भन्दै उहाँले यी सबै विषयमा सरकारकाे ध्यानाकर्षण गराइएपनि सरकारले बेवास्ता गरेकाे बताउनुभयाे । अध्यक्ष लिङ्देनले भन्नुभयाे – ‘सरकार आँखा भएपनि नदेख्ने कान भएपनि नसुन्ने भएर बसेकाे अवस्था छ, रसियन सेनामा भर्ती भएका अन्य देशका नागरिकलाई उनीहरुकाे देशले फिर्ता ल्यायाे, हाम्राे सरकारले फिर्ता त परै जाओस्, पीडितका परिवारले भेट्न खाेज्दा पनि भेट्न दिएकाे छैन ।’

सरकार संसद्प्रति नवाफदेही नहुने भए कर्मकाण्डका रुपमा मात्र सदन चलाउनुकाे औचित्य नहुने समेत उहाँले बताउनुभयाे । यी विषयमा सरकारले जवाफ नदिएसम्म र सरकारकाे उपस्थिति नभएसम्म संसद् अगाडि बढाउनुकाे कुनै औचित्य नभएकाे बताउँदै लिङ्देनले भन्नुभयाे – ‘केबल कर्मकाण्डका लागि संसद् चलाइराख्नुकाे औचित्य छैन, अब ठाेस जवाफ नआएसम्म संसद् अगाडि बढ्दैन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !