५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतीय सेनाका पूर्वजनरले नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेख्दा पनि किन परराष्ट्र मन्त्रालय मौन–रघुजी पन्त

प्रकाशित मिति :  १८ फाल्गुन २०८०, शुक्रबार ०८:१८


कठमाडौं । भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको एउटा लेखमा नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेखिएको विषयले नेपालको संसद्मा प्रवेश पाएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा नेकपा एमाले सांसद रघुजी पन्तले बरे कुरा उठाउनुभएको हो ।

भारतीय सेनाका पूर्वजनरले नेपालका प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेख्दा पनि परराष्ट्र मन्त्रालय मौन रहेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

पन्तले पायोनियरमा २७ फ्रेबुअरीमा अशोक मेहताले लेखेको लेखमा नेपालीको लागि अत्यन्त अपमानजनक र आपत्तिजनक विषय उल्लेख भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

‘भारत नेपालमा राइट ट्रयाकमा छ, गठबन्धन सरकारले चीनसँगको सम्झौता रोकेर राखेको छ भन्ने पृष्ठभूमि बाँध्दै उनले लेखेका छन्, प्रधानमन्त्री प्रचण्ड त्यस्तो पात्र हुन्, अहिले दिल्ली चढ्न लायक घोडा र शेरबहादुर देउवा तबलामा राखेको घोडा भनेका छन्’ सांसद पन्तले सरकारसँग प्रश्न गरनु भएको छ । ,

‘विदेशीले नेपाली प्रधानमन्त्रीलाई घोडाभन्दा परराष्ट्र बोल्नु पर्दैन ? सभापतिलाई घोडा भनिरहँदा कांग्रेसले आपत्ति जनाउनु पर्दैन ?’

सत्ता गठबन्धन दल पराधीन मानसिकतामा रहेको उनले टिप्पणी गर्नुभयो । ‘हिजो भारतसँग लड्न भन्दै सुरूङ खन्ने कमरेडहरू तपाईको प्रधानमनत्रीलाई दिल्लीको घोडा भनेर लेख्दा तपाईहरूको स्वाभिमान कहाँ गयो ? शरीरमा स्वाभिमानी रगत बगेको छ कि पानी बनेको छ ?’ उनले प्रश्न गरे ।

नेपालको प्रधामनन्त्रीलाई अपमानजनक शब्द लेख्दा पनि परराष्ट्र मन्त्रालयले अन्देखा गरेको भन्दै उनले आपत्ति जनाउनु भयो । ‘जो भइरहेको छ, त्यो एउटा घोडा हो, अर्को हुन लागेको पनि घोडा हो भनेर विदेशीले लेख्दा तपाईहरू नबोल्ने ?’ उहाँले प्रश्न गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !