५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीको आयु लम्याउन गठबन्धन छाड्दै प्रचण्ड, तर असम्भव

प्रकाशित मिति :  १८ फाल्गुन २०८०, शुक्रबार १२:२९


काठमाडौं । आफ्नै पार्टी माओवादीका चर्चित नेताहरुलाई चिड्याउदै एकलौटी ढ्रंगबाट पार्टीमा आफ्नो निर्णय गर्दै आएका प्रधानमन्त्री एबम् नेकपा माओवादीका अध्यक्ष प्रच्ण्डले प्रधानमन्त्रीको कुर्सी सुरक्षित गर्नकै लागि गठवन्धनलाई धोका दिएर एमाले सँग मिल्न लागेको कुरा वाहिर आएको छ ।

कुर्सी सँग असाध्यै मोह भएका प्रचण्डले अब प्रधानमन्त्री पद कांग्रेसलाई दिनुपर्ने भएपछि उहाँले आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउनकै लागी एमाले सँग मिल्न लागेको पाएइएको हो ।

पहिला प्रधानमन्त्री बन्ने बेलामा पनि प्रधानमन्त्री नेपाली कांग्रेसले नछोडेछि गठवन्धनलाई धोका दिएर एमाले सँग मिलेर प्रधानमन्त्री पद प्रचण्डले सुरक्षित गर्नु भएको थियो ।

अहिले पनि पद छाड्ने बेला भएछि फेरी त्यही उपाए अपनाउन प्रधानमन्त्री प्रचण्ड लाग्नु भएको छ ।

पार्टीको हालको अबस्था हेर्दा माओवादीबाट यो नै अन्तिम प्रधानमन्त्री हो । अर्थात माओवादी पार्टीबाट यो नै नेपालको अन्तिम प्रधानमन्त्री हो । यो कुरा राम्रो सँग बुझेका प्रचण्डले त्यही भएर जसरी भएपनि प्रधानमन्त्री नछाड्ने रणनीति प्रचण्डले लिनुभएको हो ।

उच्च स्रोतका अनुसार राष्टिय सभामा अनेकन गरेर बहुमत पुर्याएको प्रचण्डले कुनै कसैले प्रधानमन्त्रीमा .आफूलाई सर्पोट गर्छ भने राष्टिय सभाको अध्यक्ष दिने र आफू प्रधानमन्त्रीमा बस्ने अफर लिएर बस्नुभएको छ ।
अहिले प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा टिकाइराख्नको लागि कि त कांग्रेसलाई नै मनाउनुपर्छ या कि एमालेलाई मनाउनु पर्छ ।

तर अहिले नेपाली कांग्रेसको पोल्टामा आइसकेको प्रधानमन्त्री पद कांग्रेसले कुनै हालतमा नछाड्ने देखेपछि प्रचण्डले अर्को विकल्प खोजेको एक उच्च स्रोतले बताएको छ ।

पद भनेपछि मरिहत्ते गर्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री छाड्नु पर्ने भएछि अहिले प्रचण्डलाई ज्वरो आएको छ ।

तर एमालले सर्पोट नगर्ने

भारत मुखी नेता, प्रचण्डलाई कुनै पनि हालतमा एमालेले प्रधानमन्त्री बनाउनकै लागि सर्पोट नगर्ने स्रोतले बताएको छ ।

पटक पटक विश्वासघात गरेको र जति सुधार्न खोजेपनि मानव वन्न नसकेको, देश प्रेमी वन्न नसकेकाले एमालेले प्रचण्डजस्तो मानिसलाई प्रधानमन्त्रीमा सर्पोट नगर्ने स्रोतले बताएको छ ।

एमालेले कहिल्यै पनि पद सँग इमान साट्दैन । त्यसैले प्रचण्ड सँग कुनै पनि हालतमा एमाले मिल्नै सक्दैन स्रोतले राइजिङ सन खबरलाई बतायो ।

हुन पनि प्रधानमन्त्री प्रचण्ड खुलेआमा भारत मुखी भएको अहिले खुलासा नै भएको छ ।

उहाँले भारतमा पनि चर्चित भारतमुखी नेपालको प्रधानमन्त्रीको उपमा पाइसक्नुभएको छ । त्यसैकारण पनि भारतका चर्चित व्यक्तित्व अशोक मेहताले भन्नुभएको थियो नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका सही घोडा र देउवालाई लगाम लगाउनुपर्ने भनेर ।

मेहताले पनि यसै भन्नुभएको होइन ।

त्यसकारण प्रचण्ड प्रधानमन्त्री हुँदा भारतलाई फाइदा पुग्ने भएर अहिले भारतले नेपालको राजनीतिमा खेलेर फेरी प्रचण्डनै लामो समय सम्म प्रधानमन्त्रीको कुर्सीमा टिक्ने त होइनन् भन्ने एक थरी मनिसको तर्क छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !