पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे
प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०५:४५
काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय रहेका छन् । लेकसाइडबाट जिरोकिलाे तर्फ आउँदै गरेको बा प्र०२–०३४प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उनीहरूको आइतबार बिहान ज्यान गएको हो ।
0
Shares