३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ -प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०९:५९


.

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दा सम्म देशमा उथलपुथल भइनै रहनपे बताउनु भएको छ ।

सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बोल्दै प्रधानमन्त्री प्रचण्डले यसो भन्नुभएको हो ।

प्रधानमन्धी प्रचण्डले माओवादी नेपाल राष्ट्र र नेपाली जनताको घोडा भएको पनि बताउनुभएको छ ।

उहाँले अन्तरक्रिया कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोडेर नेकपा एमाले लगायतका दलसँग गठबन्धन गरी सरकार बनाउन आज गरिएको निर्णय चानचुने नभएको बताउनुभयो ।

आजको दिनमा सबै क्रान्तिकारी एकजुट हुन आवश्यकता छ, खिइँदै, सक्दै, एक्लो हुँदै, फेरी ठुलठुला कुरा गरिराख्ने, बेकारको यस्तो बुद्धिले हुँदैन’, प्रचण्डले भन्नुभयो ।

प्रचण्डले आफूले देशमा उथलपुथल ल्याई राख्ने बताउनुभयो । ‘म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ, मलाई घेरा हालेर सिद्ध्याउन धेरैचोटी षडयन्त्र भए प्रतिक्रियावादीबाट, घेरा तोड्दै आएको छौँ, तोड्दै जान्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले ठुला कुरा गर्नुभन्दा सबै क्रान्तिकारी एक ठाउँमा जम्मा हुने बाटो खोज्नु पर्ने बताउनुभयो । ‘हामी समाजवादी मोर्चा मात्र होइन, बृहत्तर कम्युनिष्ट एकताको पहल गर्दै छौँ’, उहाँले भन्नुभयो ।

उहाँले क्रान्तिका बाटो सोझो नभएको बताउनुभयो । गन्तव्यमा पुग्न मान्छे दायाँबायाँ गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !