३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा सत्ता समिकरणको प्रभाव, मोदीको निदहराम, भारतीय राजदूत फेरिने

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ११:०८


काठमाडौं । नेपालमा सत्ता समिकरणको प्रभावले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री मोदीको निदहराम भएको छ भने नेपालका लागि भारतीय राजदूत फेरिने भएको छ ।

नेपाललाई देखाएर भोट मागिररहेका मोदीलाई नेपालमा सत्ता समिकरण परिवर्तन हुदाँ छटपटी भइरहेको पाइएको छ ।

यो सँगै अब मोदीको पार्टीले हुन लागेको चुनावमा सोचेजस्तो मत ल्याउन नसक्ने पाइएको छ । नेपालमा हिन्दू राज्य खडा गर्ने र आफू अनुकुल नेपालाई चलाउने र अरु छिमेकी राष्ट्रहरुमा पनि आफ्नो राम्रो नियन्त्रण हुने भन्दै चुनाबमा भोट मागिरहेका मोदीको अहिले निदहराम भएको हो ।

अरु छिमेकी राष्ट्रहरुको कुरा गर्दा माल्दिभ्समा भारतले चाहेको भन्दा विपतिर सरकार बन्यो । पाकिस्तान पनि बलियो बन्दै गएको छ । उता, बंगालदेशमा आवामी लीगले चुनाव जिते पनि त्यहाँको सरकार भारतले जसो भन्यो उसो गर्ने लाइनमा छैन । श्रीलंकामा भारतले चाहे अनुसारको सरकार त बन्यो तर सरकार बनेपछि त्यहाँका नेताहरुले भारतले अह्राए बमोजिमको काम गर्न मानिरहेका छैनन् ।
त्यसरी पनि मोदीलाई नराम्रो धक्का लागिरहेको थियो ।

तेसै माथि अनेक प्रयास गर्दा पनि नेपालमा आफूअनुकुल सरकार निमार्ण गर्न नसकेपछि मोदीले यस पटकको चुनाबमा सोजेजस्तो परिणाम नल्याउने निश्चित भएको छ ।

यो सँगै अब नेपालका लागि भारतिय राजुदुत पनि परिवर्तन हुने कुरा बाहिर आएको छ ।

मोदीले अह्राएवमोजिम काम नेपालका लागि भारती राजदुत नवीन श्रीवास्तवले गर्न नसकेपछी उता मोदीलाई चुनावमा भनेजस्तो परिणम नमिल्ने हुँदा अह्राएको काम गर्न नसक्ने राजदूत मोदीले फिर्ता वोलाउने देखिएको छ ।

भारतले नेपालमा राजदुत पठाउदा नेपालको राजनीति क्याप्चर गर्न सक्ने खुवी भएको राजदुत पठाउने गर्छ ।

तर राजदुत श्रीवास्तवले यस पटक नेपालको राजनिति क्याप्चर गर्न नसकेपछि उहाँलाई मोदीले फिर्ता बोलाउन लाग्नु भएको हो ।

नेपालमा कम्युनिष्ट एक भएर सरकार चलाएको भारतलाई मन पर्दैन । किनभने कम्युनिष्ट मिलेर सरकार चलाउदा नेपालाई अफ्नो नियन्त्रणमा राख्न नसक्ने हुँदा भारत जहिल्यै पनि नेपालमा कम्युनिष्ट मिलेर सरकार बनाएको देख्न सक्दैन ।

पहिला पनि एमाले र माओवादी मिलेर बनेको नेकपा भत्काउन र र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढाल्न अनेकन गरेको भारतले तेतीवेला नेकपा फुट्दा र केपी ओली नेतृत्वको सरकार ढल्दा खुसीयालि मनाएको थियो ।

त्यसपछि निरन्तर नेपालमा आफू अनुकुल सरकार बनाएको भारतले नेपालमा कुनै पनि प्रगति गर्न नदिएर आफू अनुकुल काम गर्न बाध्य बनाएको थियो ।

तर अहिले मोदीलाई चक्मा दिदै बनेको सत्ता समिकरणमा अमेरिकाको समेत चासो भएको देख्न सकिन्छ ।

पुरानै गठबन्धनमा भारतलाई काम गर्न सजिलो हुने हुँदा त्यही गठबन्धन जोगाउन नेपालका लागि भारतीय राजदूत तथा पदाधिकारीहरुले आइतबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न चाहेका थिए । उहाँहरुले सोमबार बिहान पनि भेट्न चाहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले भेट्ने समय दिनुभएन ।

भेटेर सत्तासमिरण जोगाउन नसकेपछि नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तव लाई मोदीले फिर्ता वोलाउने देखिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !