५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन तोडिनु, फेरि बन्नु सामान्य तर हिजोको घटना असामान्यनः डा. शेखर कोइराला

प्रकाशित मिति :  २२ फाल्गुन २०८०, मंगलवार ०६:०३


विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन् ।

उहाँले आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।

माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ उहाँले फेसबुक र (एक्स) ट्विटरमा लेखेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’

नेता कोइरालाले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशंका समेत व्यक्त गर्नुभएको छ ।

‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उहाँले लेख्नुभएको छ ।

माओवादी केन्द्र र अन्य दलहरुसँग गठबन्धन गर्नेबारे कोइराला पहिलेदेखि नै असन्तुष्ट रहँदै आउनुभएको थियो ।

उहाँले निर्वाचनअघि गठबन्धन गरिनु नहुने धारणा राख्दै आउनुभएको थियो ।

निर्वाचनपछि त्यसको परिणामका आधारमा सरकार गठन र सञ्चालनका लागि गठबन्धन गर्नेबारे सोच्न सकिने भन्दै उहाँले निर्वाचनमा भने पार्टी एक्लै जानुपर्नेमा जोड दिंदै आउनुभएको थियो ।

उहाँको यस्तो धारणा रहे पनि पार्टी संस्थापन पक्षले माओवादीसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !