५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्ता गठबन्धन बाट अफर आएपछि मात्रै निश्चित गछौंः मनिष सुमन

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०६:५९


काठमाडौं । नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीहरुको नाम टुंग्याउने हेतुले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरुले सुझाएका छन् ।

बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा मधेश प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भएपनि मन्त्रालयको भागवन्डाको विषयले छलफलमा चर्को रुप लिएको एक नेताले बताए ।

यादवलाई उपप्रधानमन्त्री दिने र मधेश प्रदेश सरकारको निरन्तरता सुनिश्चित गरे सरकारलाई साथ दिने मोडमा पुगेका यादवमाथि केही नेताहरुले पदको पछाडि नलाग्न आग्रह गरे ।

बैठकमा सहभागी नेताहरुले अहिलेको अवस्थामा मधेश प्रदेश सरकारको नेतृत्व आफ्नो हातबाट फुत्काउन नहुने धारणा राखेपनि अध्यक्ष यादवमाथि सरकारलाई सहयोग गर्ने सम्बन्धमा हतार गरेर निर्णय नगर्न दबाब बढाएको ति नेताले जानकारी दिए ।

तर,उक्त विषयमा प्रवक्ता मनिष सुमन भन्नु हुन्छ्,‘मधेश प्रदेशमा हाम्रो सरकारको निरन्तरता छलफलको विषय थियो । तर, गठबन्धनबाट अध्यक्षलाई उपप्रधानमन्त्रीको अफर नै आएको छैन् । उपप्रधानमात्रै होइन हामीलाई कुनै पनि मन्त्रालयको अफर अहिलेसम्म आएको छैन् ।’

सम्भावित मन्त्रीहरुको नाम टुंग्याउन सत्ता गठबन्धनको बैठक बुधबार दिउँसो बालुवाटारमा बस्दैछ ।

जसपाले कतिवटा मन्त्रालयमा दाबी गरिरहेको छ भन्ने प्रश्नमा प्रवक्ता सुमनले भन्नुभयो, ‘मधेश प्रदेश सरकारको सुनिश्चितता हाम्रो चासो हो । बालुवाटारमा सत्ता गठबन्धनको बैठकमा के कस्तो अफर उताबाट आउँछ त्यसपछि हामी निश्चित गछौं ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !