५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादील संसदीय दल बैठकले समर्थन फिर्ता लिने निर्णयः हरिबहादुर चुमान

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०८:१४


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो ।

‘हामीले हिजै लिनुपर्ने निर्णय थियो अलि ढिला भयो । सरकारलाई दिएको समर्थन आजको बैठकले फिर्ता लिएको छ । संसद सचिवालयमा पत्र पठाइसकेका छौं,’ चुमानले भन्नुभयो ।

गण्डकीमा माओवादीले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिएसँगै पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकार चलाउन ३१ जना सांसदको अंकगणित पयाउनुपर्ने गण्डकीमा एमाले र माओवादीका कूल २९ सांसद छन् । कांग्रेस एक्लैको २७ सांसद रहेको गण्डकीमा राप्रपाकाको दुई र एकीकृत समाजवादीको एक जना सांसद छन् ।

त्यहाँ नयाँ गठबन्धनको सरकार बनाउन पनि राप्रपा र एकीकृत समाजवादीको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !