२३ मंसिर २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रको निर्णयले राजनीतिप्रति वितृष्णा फैलाउने र अतिवादलाई मलजल गर्यो: शंकर भण्डारी

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०८:४७


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाएको, आपसी अविश्वास सिर्जना गरेको र अतिवादलाई मलजल गर्ने काम गरेको बताउनुभएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले लोकतान्त्रिक र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आब्हान पनि गर्नुभयो । उहाँले भन्नुभयो,‘नेपालमा पछिल्लो समयमा घटित राजनीतिक घटनाक्रमले देशलाई थप अस्थिरतातर्फ लैजाने र नागरिकमा थप निराशा सिर्जना गर्ने अवस्था उत्पन्न भएकोमा सबै राष्ट्रबादी शक्तिमा चिन्ता र चासो बढेको छ ।

नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाउने, आपसी अविश्वास सिर्जना गर्ने र अतिवादलाई मलजल गर्ने काम गरेको छ । त्यसबाट मुलुकलाई जोगाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता हो भन्ने तथ्यलाई मनन गर्नु हामी सबैको दायित्व हो ।’

नेता भण्डारीले देश र जनताको हितलाई शिरोपर गर्दै विद्यमान संकटबाट मुलुकलाई निकास दिनका लागि लोकतान्त्रिक परिपाटीका पक्षधर, वैदिक सनातन हिन्दू धर्ममा विश्वास राख्ने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट भएर अघि बढनका लागि आब्हान समेत गर्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !