२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समीकरणको अझै टुंगो लाग्न बाँकी तर रास्वपा सरकारमा जान हतारो

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०९:०५


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो ।

रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उहाँ गृहमन्त्री बन्ने भएका छन् । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सरकारमा सहभागी हुन हतारिएको हो । शीर्ष नेताहरुको दौडधुप, दलहरुको नियमित आन्तरिक बैठक जारी रहिरहेको र समीकरणको अझै टुंगो लाग्न बाँकी रहेका बेला रास्वपा सरकारमा जान हतारिएको हो । रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !