१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

प्रकाशित मिति :  7 March, 2024 7:26 am


काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । उहाँहरुबीच दुई देशबचीचको सम्बन्ध लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा भारतीय राजदूतले परराष्ट्र मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

नयाँ गठबन्धन बनेपछि श्रेष्ठ बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त हुनुभएको थियो । यसअघिको गठबन्धनमा उहाँ उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !