२१ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो बेचैनी र आक्रोस देखियाे -विष्णु पौडेल

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार १०:१२


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले, गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठुलो छटपटी र बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने दाबी गरे ।

‘यो परिवर्तन कांग्रेसलाई कति गहिरो पीडा रहेछ कति गहिरो घाउ लागेको रहेछ । भन्ने कुरा रमेश लेखक ज्युले सँगसँगै अभिव्यक्त गर्नुभयो । यो तहको पीडा,छटपटी, बेचैनी,आक्रोस व्यक्त गर्न आवश्यक थिएन भन्ने लाग्छ ।’ उनले भने, ‘संवैधानिक प्रबन्ध अन्तर्गत कहिल्यै पनि कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने लाग्दैन् । सक्छौं हेर्दै जानु भए हुन्छ ८४ को निर्वाचनमा यस्तै यस्तै परिदृश्य दोहोरिने छैनन् ।त्यति सहज छैन् । साच्चीनै जनताको नयाँ आशा जगाउन सक्ने विश्वास जित्न सक्ने दलहरुले मात्र बहुमत आर्जन गर्न सक्ने प्रबन्ध छ तर बहुमत ल्याउन सक्दैनन् भन्ने छैन् ।’

उनले बहुमत प्राप्त गर्न सकेन भने दलहरु मिलेर सरकार निर्माण र सञ्चालन गर्ने संविधानले नै प्रबन्ध रहेको भन्दै यसमा कुनै आपत्ति जनाउनु पर्ने विषय नरहेको बताए ।

उनले भने, ‘ कुनै दलले बहुमत प्राप्त गर्न सकेन भने संविधानले नै प्रबन्ध गरेको छ । दलहरुका बिचमा सहकार्य हुन्छ दलहरु मिलेर सरकार निर्माण गर्छन् । दलहरुका मिलेर सरकार निर्माण र सञ्चालन गर्न सक्छन् भने परिवर्तन गर्न सक्छन् कि सक्दैनन् ? त्यो बाटो हामीले हिड्न पाउँछौं कि पाउँदैनौं । कि त गठबन्धन बनाउन पाइन्छ तर नेपाली कांग्रेससँग मात्र भनेर लेख्नु प¥यो नि संविधानमा ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !