२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आजको प्रतिनिधि सभा यस्तो रह्यो

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ११:३६


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन सरकार कति परिणाममुखी हुन्छ भन्ने कुरा विश्वासको मत लिने बेलासम्ममा पुष्टि हुने बताउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले पदलाई नभएर देश र जनताको हितलाई केन्द्रमा राखेको बताउनुभयो ।

सरकारमा लामो अनुभव भएको नेकपा एमाले, एकीकृत समाजवादी जनता समाजवादी र भर्खर उदाएको रास्वपाको साथ आफूलाई रहेको पनि प्रधामन्त्री प्रचण्डले बताउनुभयो ।

एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नयाँ गठबन्धनबीचको सहयात्रा प्रतिनिधि सभाको कार्यकाल भर चल्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसद् पौडेलले हिजोको गठबन्धन चल्न सकेन भन्ने निष्कर्षसाथ नयाँ सहयात्रा थालिएको बताउनुभयो ।

पौडेलले इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन स्प्रिङजस्तो घुम्छ, लाग्दो हो यहाँहरुलाई हिजो जे भयो केही समयपछि हामी त्यस्तै गर्छाैं भनेर त्यो आशा नगरे हुन्छ, अहिले सुरु भएको नयाँ सहयात्राले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ, यो कुनै स्वार्थको लेनदेनमा आधारित, अवसरका निम्ति गरिएको सहयात्रा होइन, जनता र राष्ट्रका समस्यालाई केन्द्रमा राखेर तिनलाई समाधान गर्ने उद्देश्यद्वारा सुरु भएको सहयात्रा हो भन्नुभयो ।

त्यस्तै उहाँले प्रमुख सत्ता साझेदार नेकपा एमालेको नयाँ गठबन्धन बन्दा नेपाली कांग्रेसमा गहिरो पीडा, बेचैनी र छटपटी देखिएको पनि बताउनु भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बर्ताौलले विकास, समृद्धि सुशासन र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्ने बर्तौलाले बताउनुभयो ।

यसै गरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई खोज्ने दिन नआओस् भन्दै चेतावनी दिनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपा सत्ताकेन्द्रित चलखेलमा नलाग्ने पनि बताउनुभयो ।
त्यसै गरि माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि बढ्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसद् पौडेलले वर्तमान सत्ता गठबन्धन प्रतिनिधि सभाको कार्यकालभर चल्ने बताउनुभयो ।

सपनाका लड्डु नदेखाउन नेपाली कांग्रेसलाई उहाँले चेतावनी समेत दिनुभयो ।

त्यसै गरि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेससँग नयाँ गठबन्धन बनाउनुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यक्षमतामाथि नै प्रश्न उठेको बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेत लेखकले फागुन २१ गते नयाँ गठबन्धनका ४ दलबीच भएको ८ बुँदे सहमतिपत्र प्रधानमन्त्रीको असक्षमता, अकर्मण्यता र अयोग्यताको प्रमाणपत्र भएको आरोप लगाउनुभयो । ’

यो फागुन २१ मा जारी भएको ८ बुँदे घोषणापत्र यो स्वयम् प्रधानमन्त्रीजीको अर्कमण्यता, असक्षमता र अयोग्यताको प्रमाणपत्र होइन भनेर उहाँले बताउनु भयो ।

अर्का नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले हराएको प्रधानमन्त्री भेटेको भन्दै सत्ता गठबन्धनप्रति कटाक्ष गर्नुभएको छ ।
बैठकमा बोल्दै खतिवडाले भन्नुभयो – ’हराएको प्रधानमन्त्रीलाई भेट्नुभएको सबैलाई बधाई दिन चाहान्छु, सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन् सहकारी ठगले कारबाही पाउन्, मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् भनेर उहाँले भन्नुभयो ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !