५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्री भएको तीन दिन नबित्दै अमेरिका उड्दैः भगवती चौधरी

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०५:२८


काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने

यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लागेकी हुन् ।

सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ । शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहितको सात सदस्यीय टोली सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमण स्वीकृत गरेको थियो ।

सम्मेलनमा महिला आयोगबाट तीन जना पदाधिकारी र दुई कर्मचारीसहित पाँच जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट दुई जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ ।

मन्त्री चौधरीले आफू विदेश भ्रमणमा लालायित भएको नभएर अघिल्लो मन्त्रिपरिषद्बाटै कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्वीकृत भइसकेको अवस्थामा आफू त्यसतर्फ जान लागेको स्पष्ट पार्नुभएको छ । मन्त्री चौधरीले बुधबारमात्रै मन्त्रालयमा कार्यभार सम्हालेकी हुन् । त्यसअघि सुरेन्द्रराज आचार्य सो मन्त्रालयमा मन्त्री थिए ।

तत्कालिन गठबन्धन सरकार नढलेको भए मन्त्री आचार्य नै सो कार्यक्रममा सहभागी हुने तय गरिएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !