२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पशुपतिमा रातिदेखि नै भक्तजनको घुँइचो

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०५:५०


काठमाडौं । आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुँइचो लागेको छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइदैछ ।

पशुपतिनाथमा विहान दुई बजेदेखि नै चार वटै ढोका खोलिएका छन् । रातिदेखि लाइनमा बसेका दर्शनार्थीले अहिले धमाधम दर्शन गरिरहेका छन् । शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आइपुगेका छन् । यसवर्ष २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !