७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब प्रधानमन्त्री बीआरआइ प्रति सकारात्मक हुनुपर्छ, विकासको पक्षमा उभिनुपर्छ

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०८:४५


काठमाडौं । बीआरआइलाई पाखा लगाएर अमेरिकी सहयोग कार्यक्रम एमसीसीलाई च्यापेका तल्कालीन प्रधानमन्त्री शेर वहादुर देउवा प्रधानमन्त्री हुदाँ र उहाँको पार्टी सरकारमा सामेल हुँदा जहिल्यै पनि निणर्य भारत अमेरिका मुखी हुने गथ्र्यो ।

त्यसकै परिणाम के के न नेपालमा हुन्छ भनेर एमसीसी सदनबाट पारित गराउन उहाँह?को ठूलो भूमीका रह्यो । पास गराउनु भयो ।

तर एमसीसी नेपालमा आएर के भएको छ अहिलेको अबस्थामा भन्दा ठेक्का लगाउने ठेक्का तोड्ने काम भएको छ । सम्रग्रमा भन्दा त्यतीवेला एमसीसी पास गराएर शेरवहादुर देउवाले अमेरिकाको हितमा काम गर्नु भयो । भारतले भनेको मान्नुभयो ।

तर अहिलेको अबस्थामा भन्दा नेपाललाई केही भएन । जे भएको छ अमेरिकालाई भएको छ ।

नेपाली कांग्रेसले नजिकको बीआरआइलाई आत्मासाथ नगरेर टाढाको एमसीसीलाई आत्मासाथ गर्दा नेपालमा वीआरआईले गति लिन नसकेको छर्लङ्ग भएको छ ।

तर पुराना कुरा बिर्सिएर अब प्रधानमन्त्रीले पुष्पकमल दाहालले आफैले परियोजनाको सदस्य राष्ट्रका रूपमा हस्ताक्षर गरेको बीआरआइलाई अगाल्नुपर्छ किनभने नेपाल जस्तो अल्प विकशित मुलुकलाई बीआरआइ अति नै आवाश्यक छ ।

के हो बीआरआइ, किन बीआरआइ नै नेपालमा आवाश्यक छ ?

चीनको एक विशाल र महत्वाकांक्षी परियोजना हो बीआरआइ , सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तानस्थित नाजार्बाएव विश्वविद्यालयमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गर्नुभएको थियो ।

त्यसको एक महिनापछि इन्डोनेसिया भ्रमणमा राष्ट्रपति सीले ‘ट्वेन्टी फस्ट सेन्चुरी म्यारिटाइमी सिल्क रोड’ निर्माणको प्रस्ताव गर्नुभयो ।

पछि यी दुवैलाई मिसाएर चिनियाँ राज्य परिषद्को योजनामा ‘वान बेल्ट वान रोड’ का रूपमा प्रस्तुत गरियो । अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ पनि भनिन्छ ।

बीआरआइमा उल्लिखित ‘रोड’ ले समुद्री मार्गलाई जनाउँछ भने ‘बेल्ट’ ले स्थलमार्गलाई जनाउँछ । बेल्टले चीनको पश्चिमी भागलाई मध्य एसिया, रूस, युरोप, भूमध्य सागर, अरब सागर, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरसँग जोड्छ । त्यसैगरी ‘रोड’ ले समुद्री मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्छ । बीआरआइ परियोजनाले ६५ देश, ४।४ अर्ब जनसंख्या र संसारको कुल गार्हस्थ्य उत्पादनको एकतिहाइ हिस्सा ओगट्छ ।

त्यसैकारण नेपाल जस्तो कम विकसित मुलुकको लागि बीआरआई बरदान हुन्छ ।

अर्को कुरा नेपाल भुपरिवेष्ठीत राष्ट हो । भुपरिवेष्ठीत राष्टलाई बीआरआइको योजनाले धेरै फाइदा पुराउने र कुनै राष्टको आडमा बस्नुनपर्ने बनाउने हुदाँ नेपालको जय नै हुने देखिन्छ । मुख्य कुरा बीआरआई कै कारण भारतको दबदवा नेपालमा नहुने हुदाँ पनि प्रधानमन्त्री प्रचण्डले बीआरआई अंगाल्नै पर्ने देखिन्छ ।

नेपाललाई चीनसँग जोडिएको भौगोलिक अवस्था एक प्रमुख चुनौतीका ?पमा रहदै आएको छ ।

बीआरआइ परियोजनाले नेपालको भौगिलिक अबस्थाको चुनौतिलाई सावाधान गर्ने हुदाँ नेपलालाई चीन सँग मात्र नभएर बीआरअईमा जोडिएका देशसँग व्यापर गर्न कुनै झन्झ्ट हुने छैन । त्यसै कारण नेपालले कुनै पनि मुलुक सँग व्यापर गर्दा भौगोलि अबस्था र भुपरिवेष्ठीत हो भनेर बस्नु नपर्ने हुन्छ ।

यसले नेपालको आर्थिक क्रान्तिको ठूलो बाटो खुल्दछ ।

अब प्रधानमन्त्री प्रचण्ड कसैको कुरा नसुनी नीतिगत समन्वय, रेलवे र हाईवे सहितको संरचना, खुल्ला व्यापार, आर्थिक समन्वय र जनजनको सामीप्य जस्ता विषयलाई मुख्य आधारका ?पमा लिएर्को बीआरआइ प्रति सकारात्मक हुनु पर्छ, विकासको पक्षमा उभिनुपर्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !