५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रीहरुलाई अध्यक्ष ओलीको अलग्गै निर्देशन: ‘फसाउलान, होस गर्नु

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०८:२१


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन् । मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन् ।

करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने,‘फसाइदेलान् होस् गर्नु । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ ।’ अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने बताए ।

ओलीले भने, ‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्धन्द्धात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं । प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो ।’

निर्देशन दिने क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भनेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरु समक्ष वयान दिएको एमालेका एक नेताले जानकारी दिए । ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरन्जित समाचारबाट जोगिएर काम गर्न पनि भनेका छन् ।

सरकारमा एमालेबाट रघुवीर महासेठ नेतृत्व गरेका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएका छन् । त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् ।
त्यस्तै राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हालेका छन् भने दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !