३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको, सबैसँग सहकार्य गरेर अगाडि बढ्ने: सांसद सरेश कुमार आलेमगर

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ०८:२२


काठमाडौं । राष्ट्रिय सभा सदस्य सरेश कुमार आलेमगरले नयाँ सत्ता समिकरण चुनौतिपुर्ण रहेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै माओवादीका सांसद आले मगरले सत्ता सहकार्य चुनौतिपुर्ण भएपनि संकटहरु चिर्दै सरकार अगाडि बढ्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्ता समिकरण फेरिपछि नयाँ साथिहरुसँग हाम्रो यात्रा तय भएको छ । उहाँहरुसँगै सहकार्यका साथ अगाडि बढ्नेछौं । यो यात्रा चुनौतिपुर्ण छ । तर, हामीलाई विश्वास छ विभिन्न संकटहरुलाई चिर्दै अगाडी बढ्नेछौं ।’

त्यस्तै, आलेमगरले प्रिबजेटमाथि आफ्ना धारणा राख्दै प्रस्ताविक बजेटमा कृषि र उर्जालाई समेट्नु पर्ने तथा उर्जा क्षेत्रको विकालाई पनि सँगसँगै प्राथमिकता साथ लानुपर्नेमा जोड दिनुभयो ।

‘विधेयकमा राखिएका प्राथमिकता ठिकै भएपनि कृषि र उर्जालाई प्राथमिकता दिनुपर्दछ । कृषिलाई प्राथमिकता दिँदा एक नम्बरमा राखेपनि कृषिले मुलुकमा समृद्धि ल्याउन सक्दैन । कृषिका आधारमा कुनैपनि देश समृद्ध भएको मैले देखेको छैन् । उर्जा र पर्यटनलाई सँगसँगै महत्व दिइनुपर्छ,’आलेमगरले भन्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !