५ माघ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेकौं बाहानाबाजी बनाएर प्रचण्डले कांग्रेसलाई धोका दिए: डा.महत

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार ०९:००


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेत लत्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौं ।
प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताउनुभएको छ । यो सबै कपोलकल्पित र झुटो हो ।’

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र वेइमानीको संज्ञा दिसकेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा बोल्दैगर्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सब बाहानाबाजी थियो । यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृतिजन्य निर्णय सिवाव केही होइन ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !