२५ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जनाको गयो ज्यान

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार १०:३५


काठमाडौं । पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौ जनाको ज्यान गएको छ ।

घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

घटना हरम गेट नजिक मोहल्ला जवादियान इलाकामा भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

ग्यास लिलिन्डर विस्फोटले तीन वटा भवन पनि क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्त भवनमुनी दबिएर उहाँहरुको ज्यान गएको जनाइएको छ । घटनामा परेर ज्यान गएको पाँच जना एकै परिवारको रहेको पाकिस्तानी अखवार डनले जनाएको छ ।

जिल्ला अपतकालिन अधिकारी डा. कलीमुल्लाहले मृतकको शव र घाइतेहरुलाई पाँच घण्टामा निकालिएको थियो । उद्दारका लागि ७० जना भन्दा बढी उद्दारकर्मीहरु परिचालित भएका थिए ।

घटनापछि मुल्तानको डेपुटी कमिश्नर रिजवान कादिरले भौतिक संरचनाको निरीक्षणका लागि प्राविधिक समिति पनि गठन गरेको डनले जनाएको छ ।

त्यहाँका क्षेत्रीय प्रहरी अधिकारी (आरपीओ) मुल्तान सोहेल चौधरीले ग्यास सिलिन्डर विस्फोट भएको र त्यसै कारण घरहरु क्षतिग्रस्त भएको जानकारी दिनुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !