२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेका हौंः केपी शर्मा ओली

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार ०६:५४


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले देशमा ठूला कामहरु गरेको उल्लेख गर्दै गठबन्धन परिवर्तन गर्ने कोही नभएर प्रधानमन्त्री दाहाल र आफूले गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत र चीनले नभइ गठबन्धन परिवर्तन प्रधानमन्त्री प्रचण्ड र आफूले मिलेर गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले पहिले कसैले नभनिकन समर्थन गरेको थियो । पोहोर समर्थन गर्नहुने अहिले नहुने के भयो ? मान्छे त उही नै हो नि । हामीले सँगै मिलेर ठूला काम गरेका छौं । राम्रा काम जति सबै आफूले गरेको जस लिन्छ कांग्रेसले । गठबन्धन परिवर्तन गर्न यो देश आयो, त्यो देश आयो भन्छ । हामी दुई भाईलाई जस दिएपनि हुन्छ ।’

धेरै पटक कागज गरेर कागजहरु खोष्टामा परिवर्तन भएको उल्लेख गर्दै ओलीले कागजी सहमतिमा आफूलाई विश्वास नभएको उल्लेख गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !