१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिए

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार १४:५५


काठमाडौं । नवनियुक्त तीन प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् ।

उहाँहरुले बुधबार नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गर्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !