११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महमूद अब्बास प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १०:२७


काठमाडौं । प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन् ।

उहाँलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभयो ।

प्यालेस्टाइनमा तत्कालिन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए । त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन् ।उहाँले सन् २००५ देखि प्यालेस्टाइन प्राधिकरणको नेतृत्व गर्दै आएका छन् । प्यालेस्टाइनमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने अधिकार छ ।

समाचार एजेन्सी एएफपीका अनुसार मुस्तफाले गाजामा सन् २०१४ मा इजरायली आक्रमणपछि गाजाको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उहाँ प्यालेस्टिनी प्राधिकरणको आर्थिक मामिलासम्बन्धी सल्लाहकार थिए । उहाँ प्यालेस्टाइन इन्भेस्टमेन्ट फण्डको बोर्ड सदस्य पनि थिए । यसबाहेक उहाँले विश्व बैंकमा उच्च पदमा पनि काम गरिसक्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !