२६ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाले गर्यो चीनलाई शत्रुतापूर्ण व्यवहार, दियो टिकटक प्रतिबन्धको धम्की

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १३:३०


काठमाडौं । कसै गरे पनि खुल्ला प्रतिशप्रधात्मक बजारमा चीनलाई उछिन्न नसकेको अमेरिकाले अहिले फेरी चीनलाई धम्कीपूर्ण व्यवहार गरेको छ ।

आफ्नो देशमा अत्यन्तै लोक प्रयि एप टिकटक प्रतिवन्ध गर्न लागेर अमेरिकाले चीनलाई धम्कीपूर्ण व्यवहार गरेको बुझिएको छ ।

३६ वटा राज्यको सरकारी स्वामित्वका डिभाइसमा अमेरिकाले वन्द गरेको टिकटिक अहिले झण्डै सात करोड अमेरिकी जनताले दिनमा एक घण्टा चलाउने एप पूर्ण रुममा प्रतिवन्ध गर्न लागेको हो ।

टिकटकलाई संकाको घेरामा हेरेको अमेरिकाले आफ्नो गोप्य सूचना वाहिर जान्छकी भनेर प्रतिवन्ध गर्न लागेको हो ।

टिकटक अमेरिकामा पनि अत्यन्तै लोकप्रिय एप हो । यो एप प्रतिवन्धमा आउने भनेपछि अमेरिका जनता अहिले तरंगित बनेका छन् ।

चीन सँगको प्रतिशप्रधात्मक दुष्मनीका कारण अमेरिकाले टिकटिकमा प्रतिवन्ध लागाउन खोजेको कुरा बाहिर आएको छ ।
अहिले अमेरिकी संसदको तल्लो सदनले यो साता एक विधेयक पारित गरेसँगै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने तयारीमा अमेरिका एक कदम अघि बढेको छ ।
संसदमा समेत टिकटकलाई स्वामित्व बिक्री वा प्रतिबन्ध लगाउने कानुनको पक्षमा ३२६ र विपक्षमा ६५ सांसदहरूले यही बुधबार मतदान गरेका थिए ।

अब यो टिकटक बन्द गर्ने कानुन संसद्बाट राष्टपतिका पुग्नासाथ सो कानुनमा हस्ताक्षर गरिदिने अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा समेत गरिसक्नु भएको छ । त्यसै कारण पनि अमेरिका अब टिकटिक पूर्ण रुपमा वन्द भएको मान्न सकिन्छ ।

विश्वव्यापी रूपमा झन्डै एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको सो एपको स्वामित्व राख्ने कम्पनी बाइटडान्सको कूल बजार मूल्य सन् २०२३ को अन्त्यमा झन्डै दुई खर्ब २३ अर्ब डलर पुगेको थियो । अमेरिकी संसद्को पछिल्लो कानुनले बाइटडान्सलाई आफ्नो टिकटक स्वामित्व बिक्री गर्न १६५ दिनको समय दिने प्रस्ताव गरेको छ ।

अमेरिकाको टिकटक प्रतिवन्ध गर्ने कुराले अमेरिका सँग थप तनाव उत्पन्न हुनसक्ने चीनको भनाई छ ।

चीनको विदेश मन्त्रालयको भनाई छ-‘यो अमेरिकाको धम्कीपूर्ण कदम हो र यस्तो व्यवहार अमेरिकाकै लागि प्रत्युत्पादक हुनसक्छ, अमेरिकाले यतिका समय प्रयास गरेर टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने कुनै पक्ष नभेट्दा पनि शत्रुतापूर्ण व्यवहार गर्न छोडेन । खुला प्रतिस्पर्धामा आफूले जित्न नसकेका क्षेत्रमा धम्कीपूर्ण व्यवहार गर्ने अमेरिकाको चलन नै हो, यस्तो व्यवहारले बजार र लगानीकर्ताको मनोभावनामा असर गर्नुका साथै विश्वव्यापी वित्तीय व्यवस्थामै क्षति गर्नसक्छ ।’ सो कुरा विदेश मन्त्रालयले भनेको छ ।

टिकटक प्रतिबन्ध लगाउने विषयको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रयोगकर्ताहरूले प्रदर्शनी गरेका छन् ।

अहिले नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तानजस्ता देशमा टिकटक पूर्णरूपमा प्रतिबन्धित छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !