११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘सुन तस्करी जाँचबुझ आयोगकाे प्रतिवेदन तत्काल सार्वजनिक गरियाेस्-सूर्य थापा

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १४:२०


काठमाडाैं । सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् थापाले आयाेगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसकेकाे साे प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभयाे ।

आफूहरुले लगातार २ महिना सदनमा आवाज उठाएर छानबिन आयाेग बनाएर छानबिन गर्न दबाब दिइएकाे उहाँले स्मरण गर्नुभयाे । ‘साे प्रतिवेदन सार्वजनिक गरेर त्यसकाे कार्यान्वयन गरेर सुन तस्करीकाे मुहान बन्द गर्न समेत सांसद् थापाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

सञ्चारमाध्यमममा ब्रेकिङ न्युजका रुपमा कथाहरु आइरहेका छाैं, हामी प्रतिवेदन सग्लाे हेर्न पढ्न चाहान्छाैं, सबै नागरिकले त्याे प्रतिवेदनकाे आधारमा धारणा बनाउन् भन्ने चाहान्छाैं, त्यसकारण साे आयाेगकाे प्रतिवेदन अबिलम्ब सार्वजनिक गर्न र त्यसकाे कार्यान्वयन गरेर सुन तस्करीकाे मुहान बन्द गर्न माग गर्न चाहान्छु’- सांसद् थापाले भन्नुभयाे ।

उच्च अधिकारी र सुरक्षा अंगका व्यक्तिहरु संलग्न रहेकाे कुरा गृहमन्त्रीले नै सार्वजनिक गर्नुभएकाे भन्दै उहाँले त्यस प्रतिवेदनमा आफूहरुले छलफल गर्न चाहेकाे बताउनुभयाे । सांसद् थापाले भन्नुभयाे – ‘हामी टुक्राटाक्री हाेइन सिंगाे प्रतिवेदन पढ्न चाहान्छाैं, याे संसद्‍ले त्याे प्रतिवेदनमा छलफल गर्न चाहान्छ ।’

गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोगको प्रतिवेदन बुझाउनुभएकाे हाे । आयाेगले बिहीबार गृहमन्त्री लामिछानेलाई साे प्रतिवेदन बुझाएकाे थियाे ।

अहिलेसम्म सुन तस्करीमा जाेडिएर दाेषी ठहर भएका सबैलाई कारबाही गर्न समेत सांसद् थापाले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !