२ आश्विन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा तयार

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १६:०२


काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ ।

न्यूनतम साझा कार्यक्रम तयार गर्न बनेको कार्यदलले मस्यौदा तयार गरेको हो । एमाले उपाध्यक्ष तथा कार्यदल सदस्य विष्णुप्रसाद पौडेलले कार्यदलको मस्यौदा तयार भएको र आजै साँझसम्ममा शीर्ष नेतालाई बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ’५ राजनीतिक दलका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गर्ने जिम्मेवारी थियो, हामी निरन्तर बैठकमा थियौं, हाम्रो तयारी सम्पन्न भएको छ ।सम्भवतः आजै प्रमुख नेताहरुलाई हस्तान्तरण गर्छाैं ।’

मस्यौदामा संविधानको रक्षा, कार्यान्वयन, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान गर्ने, आम नागरिकलाई आशा जगाउने, राष्ट्र सार्वभौसत्ताको रक्षा गर्ने र समग्रतामा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विषय समावेश गरिएको पौडेलले बताउनुभयो ।

कार्यदलमा एमालेबाट पौडेसलसँगै विष्णु रिमाल, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र घनश्याम भुसाल तथा जसपाबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ सदस्य हुनुहुन्छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !