१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हरेक दिन राजीनामा छोड् दिउँ लाग्छ,तर चुनाव अघि दिन्न: प्रधानमन्त्री ट्रुडो

प्रकाशित मिति :  ३ चैत्र २०८०, शनिबार १२:२०


Prime Minister Justin Trudeau listens to opening remarks at the start of a meeting with the Federation of Canadian Municipalities in Ottawa, Thursday November 28, 2019. THE CANADIAN PRESS/Adrian Wyld

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताएका छन् ।

उहाँले हरेक दिन राजिनामा दिने बारे आफूले सोच्ने गरेको धारणा व्यक्त गर्नुभएको छ ।

रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु । राजिनामा दिने विचार दिनहुँ आउँछ ।’ उक्त भनाईलाई टु«डो आफैंले पागल कुराको रुपमा पनि टिप्पणी गरेका छन् ।

जस्टिन पियरे जेम्स ट्रुडो २०१५ को नोभेम्बरमा क्यानाडाको २३ औं प्रधानमन्त्री बनेका थिए । उहाँ सन् २०१३ देखि लिबरल पार्टीको नेता पनि छन् । क्यानडामा अर्को वर्षको अक्टोबरमा आम चुनाव हुँदै छ ।

आगामी चुनावको तयारीमा रहेको उहाँको पार्टी र उहाँ सर्वेक्षण अनुसार पछाडि छन् । अहिले लिबरल पार्टी भन्दा कन्जरभेटिभ पार्टी क्यानडामा सशक्त रुपमा अघि बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो समय लोकप्रियता पनि गुमाउँदै गएको प्रधानमन्त्री ट्रुडोले चुनाव अगाडि भने राजीनामा नदिने पनि रेडियो अन्तर्वार्तामा भनेका छन् । उहाँले भने–‘म लोकप्रिय बन्नको लागि राजनीतिमा आएको होइन र राजनीतिमा आउनुको मेरो कुनै व्यक्तिगत कारण पनि छैन । म जनताको सेवा गर्नको लागि राजनीतिज्ञ बनेको छु र त्यो गरिरहेको छु भन्ने मलाई थाहा छ ।’

ट्रुडो प्रधानमन्त्री हुनुअघि शिक्षक थिए । क्यानडाको इतिहासमा जो क्लार्कपछि उहाँ दोस्रो कान्छो प्रधानमन्त्री हुन् । उहाँका पिता पियरे ट्रुडो क्यानडाका प्रधानमन्त्री पनि थिए । पियरे र जस्टिन क्यानडाको प्रधानमन्त्री हुने पहिलो बुवा छोराको जोडी पनि हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !