११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आगलागीका कारण ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारको एक लाख रुपैयाँ सहयोग

प्रकाशित मिति :  ७ चैत्र २०८०, बुधबार १०:०२


भोजपुर । आगलागीका कारण ज्यान गुमाएका भोजपुरका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीले सम्बन्धित प्रदेशसभा क्षेत्रका सांसदहरूसहित आगलागी भएको क्षेत्रमा पुगेर स्थगलत अवलोकन गर्दै पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।

मंगलबार मुख्यमन्त्री कार्की प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्र पुगेका थिए । त्यसक्रममा प्रदेश सरकारकातर्फबाट राहत वितरण गर्नुभयो ।

तीन चैतमा हतुवागढी–सात को पात्लेपानीमा आगलागी हुँदा तीन जना बालबालिकाको ज्यान गएको थियो ।

आगलागीले पाँच वर्षीय प्रतिष कार्की, सात वर्षीय दिप्सिका कार्की र तीन वर्षीय दिनेश कार्कीको ज्यान गएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !